निःशुल्क शिक्षा कार्यान्वयनमा ठुलो चुनौती

सुदूरपश्चिममा शिक्षाबाट बञ्चिन बालबालिकाहरुको तथ्याङ्क ३ हजार भन्दा वढी छ । बालबालिकाहरु आमाबुवासँग काम गर्न ईटा भट्ठा जाने, भारत कमाउन जाने, कुलतमा फसेर विद्यालय छाड्ने, बाल विवाह गरि विद्यालय छाड्ने, लागु पदार्थ दुव्यसनीमा फसि सुधारगृह जेल तथा कष्टडीमा जानुपर्ने, छात्रवृत्ति पाउनु पर्ने ले नपाउने र नपाउनु पर्नेले छात्रवृत्ति पाउने जस्ता कारणले शिक्षा अनिवार्य भन्ने सरकारको निति कार्यान्वयन हुन नसकेको र विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट शुल्क नलिए पनि अभिभावकहरुबाट सहयोग शुल्क लिईरहेकोले निःशुल्क शिक्षा पनि कार्यान्वयनमा ठुलो चुनौती रहेको भन्दै अनिवार्य तथा निःशुल्क शिक्षामा रहेको समस्यालाई न्यूनिकरण गर्ने र २०८५ साल सम्म अनिवार्य तथा निःशुल्क शिक्षा दिने सरकारको नितिलाई पुरा गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय कैलालीले कैलालीको जोशीपुर गाउँपालिकामा १ दिने अभिमुखीकरण गरेको छ ।

पालिका अन्तरगतका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा अभिमुखीकरण सम्पन्न भएको हो । स्थानिय, प्रदेश र संघिय सरकारले अनिवार्य तथा निःशुल्क शिक्षाका लागि के गर्न आवश्यक छ, ऐनमा के छ, कार्यान्वयन किन हुन सकिरहेको छैन, शिक्षक, अभिभावक, वि.व्य.स., जनप्रतिनिधिहरुको के गर्न आवश्यक छ । यावत विषयमा अभिमुखीकरणमा छलफल भएको थियो ।

विभिन्न चुनौती सँग लडेर सरकारले यो अनिवार्य तथा निःशुल्क शिक्षा निति तथा अवधारणा ल्याएको र यसलाई संरक्षण तथा कार्यान्वयन गर्न सवैको दायित्व रहेको जिल्ला शिक्षा समन्वय ईकाई कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले बताउनु भयो । विद्यार्थीको अनियमित उपस्थितिले गुणस्तरीय शिक्षामा ठुलो असर पारिरहेको हुन्छ । विद्यालयमा भर्ना मात्र हुने र आमाबुवा सँग बाहिर जाने विद्यार्थीहरुलाई नियमित पठनपाठनमा सक्रिय गराउन सम्बन्धित सवैले पहल र प्रयास गर्नु पर्छ भन्ने भनाई वहाँले ब्यक्त गर्नु भएको थियो ।त्यसै गरि जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले सामुदायिक विद्यालयहरुले सरकारको नितिलाई कार्यान्वयन गरिरहेको बताउनु भयो । बालबालिकाहरुको मौलिक हकको कार्यान्वयन हुन जरुरी छ र सरकारबाट पाउने सेवा सुविधाबा कुनै पनि बालबालिका बञ्चिन हुनु हुदैन भन्ने वहाँको बक्तव्य रहेको थियो ।

त्यसै गरि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले ईटा भट्ठामा काम गर्न जाने बालबालिकाहरु, बाल विवाह, लागु पदार्थ दुव्यसनीको चपेटामा परेका बालबालिकाहरुलाई स्कुलको शिक्षा दिन ठुलो चुनौती रहेको बताउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले नेपालमा निति भए पनि नितिलाई कायान्वयन गर्ने सिस्टम खराब रहेको कारण शिक्षा निति कछुवाको तालमा हिडिरहेको जिकिर गर्नु भयो । वहाँले भन्नु भयो “हाम्रो पालिकामा सिमित स्रोत साधान छ । बालबालिकाहरुको आवश्यकता वढी छ र पुर्ती गर्न निकै चुनौती छ ।”

कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष तथा समाजिक विकास कार्यालयका प्रमुख कुलराज सोतीले निति, ऐन, बाल अधिकार, मानव अधिकार सम्बन्धि विश्वव्यापि घोषणापत्र, नेपाल संविधानमा नागरिकको मौलिक हक र शिक्षा सम्बन्धि हक, सरोकारवालाहरुको भुमिका वारेमा प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रमलाई प्रतिभा श्रेष्ठले शहजीकरण गर्नु भएको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...