सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब ४० करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै बजेटको आधा रकम पूर्वाधार निर्माणमा विनियोजन गरेको हो।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १५ अर्ब ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार कुल बजेट विनियोजन गरेकोमा झण्डै आधा बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गएको हो। सुदूरपश्चिमका सडक, पुल, खानेपानी, जलविद्युत् लगायतका पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेटको ठुलो हिस्सा विनियोजन गरेको छ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तीन अर्ब ३० करोड १० लाख बजेट पाएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय २ अर्ब ३४ करोड ४८ लाख ९४ हजार बजेट पाएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सात अर्ब ७ करोड चार लाख ६ हजार बजेट आगामी आर्थिक वर्षका लागि पाएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय ३६ करोड चार लाख ४३ हजार बजेट पाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयमा रहेको बजेट खुलेको छैन्।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार विनियोजन गरेको बताएका छन्। तर, आर्थिक मामिला र मुख्यमन्त्री कार्यालयको बजेटको विषयमा उल्लेख गरेका छैनन्। प्रदेश सरकारले चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ४२ हजार अर्थात् ३० दशमलव ४९ प्रतिशत र पुँजीगत तर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात् ४९ दशमलव २५ प्रतिशत बजेट विनियोजन गरेको हो।

प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत तीन अर्ब ४२ करोड ७७ लाख अर्थात् १० दशमलव २४ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ एक करोड, आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटको नौ अर्ब ८७ करोड २५ लाख, वित्तीय समानीकरण ८ अर्ब ९२ करोड ५६ लाख, २०८१/०८२ को बचत सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, सर्सत अनुदानबाट चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख बजेट रहने बताएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...