
कैलालीको भजनी नगरपालिकामा ´´ जातीय भेदभाव र छुवाछूत अन्त्य गरौं ।
सामाजिक न्याय र मानव अधिकार कायम गरौं । “ भने उद्देश्यका साथ १३ औं जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस र राष्ट्रिय दिवसको अवसरमा हिजो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रम लाई सम्बोधन गर्दै नगरपालिका मेयर केवल चौधरीले नेपालको संविधान आइसकेपछि छुवाछूतको अन्त्य भैसकेको छ । अहिले आफैं भित्र छुवाछूत र भेदभाव रहेकोे बताए । पहिला आफ्नो समुदाय र आफै आफै बीच भेदभाव र छुवाछुत को अन्त्य गर्न आवश्यक रहेको समेत बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि समाजसेवी बुद्धिजीवी को उपस्थिति रहेको थियो। नेकपा यस भजनी कमिटी अध्यक्ष शेर बहादुर बिकले जबसम्म हामी शिक्षित हुँदैनौं तबसम्म हामीले अरुलाई दोष दिन नमिल्ने बताए पहिला आफू शिक्षित हुन जरुरी रहेको उहाँले भने । त्यस्तै नेकपा माओवादी केन्द्र भजनी कमिटी अध्यक्ष जगत विकले नयाँ आउने आर्थिक वर्षमा दलितको लागि बजेट छुट्याएर दलितको हितको निमित्त काम गर्न नगरपालिकालाई सुझाव दिए। साथै स्थानीय सरकारलाई दलित ऐन ल्याउन समेत अनुरोध गरे त्यसको निमित्त आफूले के सहयोग गर्नु पर्छ आफू तयार रहेको तर नगरपालिकाले ऐन ल्याउन ढिलो नगर्न समेत अनुरोध गरे । त्यस्तै नेपाली कांग्रेस भजनी कमिटी सभापति नमराज मिश्रले हिजो भन्दा आज छुवाछुत भेदभाव धेरै सुधार भइसकेको छ। अब दलित समुदायले आफै बीच हुने छुवाछुत र विभेद अन्त्य गर्न जरुरी छ। उनले भने

नगरपालिका उपाध्यक्ष राजु तिरुवाको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका मेयर केवल चौधरी त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले सुझावत्मक हिसाबले आफ्नो भनाइ राखेका थिए जसमध्ये आगामी दिनमा यस्ता कार्यक्रम गर्दा युवाहरूलाई समेटियोस् र खुल्ला मञ्चमा गरियोस्। लगायतका सुझाव र सल्लाह समेत दिएका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष एवं नगरपालिका उपप्रमुख राजु तिरुवाले कार्यक्रम एक दिनमा मात्रै तय गरेकोले त्यति प्रभावकारी नभएतापनि आफू दलित समुदायको प्रतिनिधित्व गरेर आज नगरपालिकाको उपप्रमुख जस्तो पदमा भइरहँदा मैले दलित समुदायको लागि कहाँनिर के गर्नुपर्छ आफू लागि परेको र लागिरहने बताउनुभयो साथै आगामी दिनमा नगरपालिकाबाट दलित समुदायका लागि रकम नै छुट्याएर गर्नुपर्ने काम गर्नमा हामी पछि नहट्ने र गरेर देखाउने बताउनु भयो।

