
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको मसानघाट लुहागढ ले प्रतिलाशको ५०० रुपैयाँ लिने गरिएको छ ।
मसान घाटका अध्यक्ष चन्द्रिका चौधरीका अनुसार आफूहरूले तीन वर्ष यतादेखि शुल्क लिँदै आएका छौं। शुल्कबाट उठेको पैसाले मर्मतमा लगानी गर्ने गरेको बताए
तर पछिल्लो समयमा जनता निकै आक्रोशित बन्दै गएका छन्। शुल्क बाट प्रति लास ५०० उठाएर न त मसानघाटको सरसफाई गर्ने गरिएको छ। न त कुनै मर्मत नै गर्ने गरिएको छ। केवल पैसा उठाउने काम भयो यसको अहिलेसम्म कुनै हिसाबकिताब समेत सार्वजनिक गरिएको छैन । गलत हुँदै गइरहेको स्थानीय बताउँछन्।
