बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै

डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो।

अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा सिर्जनात्मक क्षमता अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताएका छन्।

उनले पहिलो संस्करणमा बोगटान जन्मथलो भएका मदन पुरस्कार विजेता लेखक रामलाल जोशी र लोकदेउडा गायक यज्ञराज उपाध्यायलाई आमन्त्रित गरिएको जानकारी दिए। कार्यक्रममा जोशीका ऐना, सखी, बाआमा र उपाध्यायको काली-कर्णालीको लोकसाहित्य कृतिमाथि विमर्ष हुने बताइएको छ।

‘कार्यक्रममा बोगटान-फुड्सिल क्षेत्रको कला, साहित्य र संस्कृति सम्बन्धी छलफल, अन्तरक्रिया र प्रवचन हुनेछ। बोगटान-फुड्सिल क्षेत्रको विकास र सम्बृद्धिका आधार सम्बन्धी परिचर्चा गरिने छ। विद्यार्थीहरूलाई संस्कार, संस्कृति र सृजनशील बनाउन विशेष उप्रेरणात्मक प्रवचन र अन्तर्क्रिया हुनेछ,’ गड्सिलाले भने।

यस्तै साहित्यिक रचना वाचन तथा सांगीतिक र सांस्कृतिक प्रस्तुति, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विभिन्न क्षेत्रमा योगदान दिई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त गर्ने तथा बोगटान फुड्सिल क्षेत्रको गौरव वृद्धि गर्ने प्रतिभालाई पुरस्कार र सम्मान गरिने उनले बताए।

विद्यार्थीहरूमा संस्कार, संस्कृति र साहित्यप्रति अभिरुचि जगाउन तथा उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि ६ कक्षा माथिका प्रत्येक विद्यार्थीको हातमा बाआमा पुस्तक र प्रत्येक विद्यालयमा काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति ग्रन्थ गाउँपालिकाको तर्फबाट प्रदान गरिने अध्यक्ष गड्सिलाले बताए।

साहित्यकार रामलाल जोशीले पनि आफ्नो जन्मभूमिले यस्तो कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। ‘जन्मभूमि डोटीको बोगटान प्राणभन्दा प्यारो लाग्छ। जहाँ मैले जीवनको पहिलो सास फेरेँ, जुन माटोमा पहिलोपटक पाइला टेकेँ, जुन धर्तीमा मेरो तोतेबोली फुट्यो। उक्त पालिकाले यस्तो सृजनशील कार्यक्रम गर्ने हुँदा औधी खुसी लागेको छ,’ उनले भने।

उनले बोगटान समृद्ध अभियानमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेका छन्। ‘अध्यक्ष गड्सिलाले थालनी गरेको अभियान बोगटान क्षेत्रको कला, संस्कृति, सभ्यता, पर्यटन, कृषि, जडीबुटी, तरकारी, फलफूल खेती र अन्य आत्मनिर्भर व्यवसायलगायत समृद्ध बोगटानका अनेक सम्भावना र अवसर निर्माणका लागि कोसेढुंगा साबित हुनेछ। त्यसैले सम्पूर्ण बोगटान बासीलाई यस कार्यमा साथ दिन म आग्रह गर्दछु,’ उनले भने। आफूहरूको साथले नै पालिकालाई आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम गर्न प्रेरणा मिल्ने उनले बताएका छन्।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...