माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा

नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।

सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रश्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले प्रश्न उठेको र सम्बन्धित निकायले छानबिन समेत सुरू गरिसकेका कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष पार्टीको बैठकले निकालेको बताए। 

सम्बन्धित निकायले  छानबिन सुरू गरिसकेको छ  यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ताकी पहुँच प्रभाव र पावर प्रयोग हुन नपाओस् भन्ने निष्कर्ष छ,’ उनले भने। 

 उनले कांग्रेसभित्र बाट पनि राजीनामा माग भएको बताए। 

सबैतिरबाट चौतर्फी आवाज आइरहेका छन्। यस्तो विषय उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। स्वतन्त्र निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने। 

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...