सबैभन्दा बुद्धि नभएका डाक्टर बाबुराम: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनेका छन्।  

बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बाबुराम भट्टराईसँग पार्टी एकताबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले बाबुरामलाई सबैले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने बताउँदै एकता सम्भव नभएको बताएका हुन्।

सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?,’ उनले भने।

उनले पार्टी एकता गर्ने भनेरै अघिल्लो निर्वाचनमा आफू गोरखाबाट लडेको बताए।

गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले अब यो चुनाव मात्रै होइन पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन। कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने?बाबुरामका लागि मर्ने?,’ प्रचण्डले भने।   

उनले बाबुराम खिइँदै खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न गएको आरोप पनि लगाए।

कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने? खिइँदा खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर,’ प्रचण्डले भने।

उनले बाबुरामसँग भएकाहरू माओवादी केन्द्रमा फर्किने दाबी गरे।

एकता गर्नेजतिसँग त गर्ने भइयो नी गंगानारायण श्रेष्ठ लगायतका उहाँसँग भ्रममा परेर गएका सबै फर्किँदै हुनुहुन्छ पर्सी। यो एकता होइन त? बाबुरामलाई के गरी ल्याउने? दिमाग चाहिँ ठाउँमा हुनुपर्‍यो। र पो ल्याउन सकिन्छ,’ अध्यक्ष प्रचण्डले भने।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...