चेक अनादर र चोरी मुद्दामा फरार एक महिलासहित ३ जना पक्राउ 

कैलाली र कञ्चनपुरबाट चेक अनादर र चोरी मुद्दामा फरार एक महिलासहित ३ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको चेक अनादर मुद्दामा भएको फैसलाअनुसार एक हजार जरिवाना तोकिएका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१ का ४२ वर्षीय कविन्द्र पन्तलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको छ। त्यसैगरी, सोही प्रकारको मुद्दामा अदालतले एक हजार जरिवाना तोकेको धनगढी उपमहानगरपालिका–६ निवासी ३० वर्षीया बबिता कुँवरलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ।

यस्तै, जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्दामा १० दिन कैद र साढे चार हजार जरिवाना तोकेका वेदकोट नगरपालिका–५ धरमपुर निवासी अन्दाजी ५२ वर्षीय भीमबहादुर चौधरी पक्राउ परेका छन् चौधरीलार्ई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...