मौसमविद् भन्छन्– अबका दुई सातासम्म वर्षाको सम्भावना छ

भारतमा वैशाख ३० गते नै मनसुन भित्रिइसकेको छ। भारतको अण्डमान तथा निकोबार द्विप समूहमा सरदरभन्दा ९ दिन अगाडि नै मनसुन प्रविष्ट भएको छ। त्यहाँ अहिले मनसुन विस्तारित हुने उपक्रममा छ।

भारतीय मौसम विभागका अनुसार अण्डमान निकोबार द्विपबाट प्रवेश भएको मनसुन अहिले श्रीलंकाको मध्यक्षेत्रसम्म विस्तार भइसकेको छ। 

श्रीलंकामा सरदर २६ मेमा भित्रने मनसुन १७ मेमै प्रवेश भइसकेको छ।

नेपालको मौसम प्रणालीमा पश्चिमी वायु सक्रिय छ। यसका अतिरिक्त स्थानीय वायुको पनि प्रभाव देखिएको छ। पछिल्लो समय बंगालको खाडी र अरब सागरतिरबाट जलवाष्पयुक्त हावा आइरहेकाले नियमित वर्षा भइरहेको छ। देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो १२ घन्टामा स्याङ्जामा १११.४, चितवनको शक्तिखोरमा ९३.८, कास्कीको लामापाटनमा ५०, स्याङ्जाको मलुङ्गामा ४९.४ मिलिमिटर वर्षा भएको छ। 

देशका केही स्थानमा मध्यम वर्षा हुँदा नै क्षतिसमेत भएका छन्। काभ्रेपलाञ्चोकको पनौतीमा एक महिला बेपत्ता छिन्। वैशाख २९ गते गते रोशी तटीय क्षेत्रमा भेलबाढी आएको थियो। त्यहाँ शनिबार पनि बाढी आएको स्थानीयले बताएका छन्।

मौसमविद् विनोद पोखरेलले अझै दुई साता वर्षाको निरन्तरताको प्रक्षेपण गरेका छन्। विभिन्न मोडलमार्फत् हावापानी प्रक्षेपण गर्ने उनले जेठको १८–२० सम्मै वर्षा हुने बताएका हुन्।

यद्यपि नेपालमा मनसुन कहिले भित्रन्छ भनेर विभागले आधिकारिकरूपमा भनिसकेको छैन। मनसुनको सुरूवाती विन्दुमा उत्पत्ति भइसकेको र क्रमशः फलिँदै आएकाले नेपालमा सरदरभन्दा छिटो मनसुन भित्रने अनुमान भने गर्न सकिन्छ। नेपालमा साधारणतया जुन १० (जेठ २७) मा मनसुन भित्रने गर्छ।

आगामी दुई सातासम्म नेपालभरि सक्रिय मौसम र धेरै क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखाएको छ। वर्षा र हावाको ढाँचा मनसुनी वर्षा जस्तो देखिन्छ, यद्यपि यसलाई आधिकारिक रूपमा मनसुन भनिएको छैन,’ पोखरेलले भनेका छन्।

प्रि–मनसुनयाममा सरदर नै वर्षा भइरहेको छ। साधारणतया प्रि–मनसुन फागुन १७ देखि जेठ १७ गतेसम्मको अवधिलाई भनिन्छ। यो अवधिमा सरदर २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ। जेठ २ गतेसम्मको अवधिमा १५३.९० मिलिमिटर वर्षा भएको छ। यो भनेको सरदरको ६७.२ प्रतिशत हो।

पछिल्लो समय दाङ, घोराही, भैरहवा, जुम्ला, नेपालगञ्ज, जनकपुर, धनकुटा, विराटनगर, ओखलढुंगा, धरानमा सरदरभन्दा बढी वर्षा देखिएको छ।

ताप्लेजुङ, पोखरा, काठमाडौं, जिरी, लुम्ले, जोमसोम, डडेलधुरा, धनगढीमा सरदरभन्दा कम वर्षा देखिएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...