कैलालीमा रुख  भाँचिदा पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

बिहान आएको हावाहुरीका कारण राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।

शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख भाचिएर लाग्दा भण्डारी घाइते भएका हुन्।

भण्डारीको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...