माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शिर्ष नेताको उपस्थितिमा भट्ट १६ महिनापछि दलको नेतामा फर्किका छन्। माओवादी थालेको मध्य पहाडी लोकमार्ग अभियानको क्रममा विहीबार डडेल्धुरा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो।

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो। यसैक्रममा माओवादीभित्र विवाद चल्दैआएको थियो। तर त्यो विवादले निकास पाएको हो। माओवादीका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको जानकारी दिए

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...