बर्दगोरिया अस्पतालमा सर्प दंशको निःशुल्क उपचार

सर्प दंशबाट हुने मानवीय जोखिम न्यूनीकरण गर्न कैलालीको बर्दगोरिया गाउँपालिकाले दोदोधरा अस्पताल मार्फत जेठ २ गतेबाट सर्प दंशको निःशुल्क उपचार थाल्ने भएको छ।

यसका लागी अस्पतालले बुधवार अनुमति प्राप्त गरेको छ भने बिहीबार औषधी आइपुग्ने छ। गर्मी याममा सर्पको जोखिम हुने तथा टोकिहालेमा समयमै उपचार नपाउँदा ज्यान नै जोखिममा पर्ने समस्यालाई मध्यनजर गर्दै यसको उपचार थालिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए।

यस अघि सर्पदंशको उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी जानु पर्ने बाध्यता थियो जुन दुरीका हिसाबले टाढा छ। बर्दगोरियामै यसको उपचार सुरु भएपछि जिल्लाको लम्किचुहा, घोडाघोडी, भजनी र गौरीगङ्गा नगरपालिका तथा महोन्याल र जोशीपुर गाउँपालिकाका नागरिकहरूले समेत सहज सेवा पाउने छन्।

सर्प दंश उपचारको व्यवस्थापन बर्दगोरिया गाउँपालिकाले गर्ने छ भने औषधी व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गर्नेछ। सर्पदंशको उपचारका लागी अस्पताल सँग दक्ष र तालिम प्राप्त जनशक्ति पर्याप्त रहेको दोदोधरा अस्पतालका प्रमुख डा। किशोर अधिकारीका जानकारी दिए।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...