डा. रमा देवी जोशीको पीएचडी उपाधि प्राप्ति

सरिता चन्द

सुदूरपश्चिमको विज्ञान क्षेत्रमा ऐतिहासिक उपलब्धि त्रिभुवन विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा कार्यरत डा. रमा देवी जोशी ले भौतिकशास्त्र विषयमा विद्यावारिधि (PhD) उपाधि प्राप्त गर्नुभएको छ।

उहाँले “Solid State Lighting Applications का लागि Nanophosphors को Synthesis र Characterization” शीर्षकमा आधारित गहिरो अनुसन्धान सम्पन्न गर्नुभएको हो। यससँगै उहाँ उक्त क्याम्पसबाट पीएचडी उपाधि हासिल गर्ने पहिलो महिला वैज्ञानिक बन्नु भएको छ, जुन उपलब्धि कैलाली जिल्लामात्र नभई सिंगो सुदूरपश्चिम क्षेत्रकै शैक्षिक गौरवको विषय बनेको छ।

उहाँको अनुसन्धान कार्य त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भवानी दत्त जोशीको सुपरिवेक्षणमा र आर. प्रविणाको सह-सुपरिवेक्षकत्वमा सम्पन्न भएको हो। पीएचडी अध्ययन अवधिमा उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित गर्नुभएको छ। यसले उहाँको वैज्ञानिक दृष्टिकोण, अनुसन्धान प्रतिको लगाव र ज्ञानको गहिराइलाई स्पष्ट रूपमा झल्काउँछ। नानोफोस्फोरसको संश्लेषण र प्रकाश अनुप्रयोगमा यसको प्रयोगसम्बन्धी शोध कार्यले नानोविज्ञान, ऊर्जा दक्षता र आधुनिक प्रकाश प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

अनुसन्धान अनुदानको रुपमा डा. रमा देबी जेशीले राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) बाट ग्रान्ट समेत प्राप्त गर्नुभएको थियो, जुन उहाँको शोधको गुणस्तर र महत्वको पुष्टि हो।

२०६६ सालमा कैलाली बहुमुखी क्याम्पसमा उप-प्राध्यापकका रूपमा आफ्नो शिक्षण सेवा सुरु गर्नुभएकी डा. जोशी हाल विज्ञान संकाय प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। विगत १५ वर्षभन्दा बढी समयदेखि विज्ञान शिक्षामा निरन्तर सक्रिय रहँदै आउनुभएको उहाँको योगदान शिक्षण, अनुसन्धान र संस्थागत नेतृत्व सबै क्षेत्रमा देखिएको छ। विद्यार्थीहरूबीच लोकप्रिय, अनुशासित र प्रेरणादायी व्यक्तित्वकी धनी डा. जोशीले महिलाहरूलाई विज्ञान तथा प्रविधिमा आकर्षित गर्न प्रेरणा दिँदै आउनुभएको छ।

बझाङ जिल्लाको जुजी मेलौलीमा जन्मनुभएकी उहाँका पिता राम प्रसाद जोशी र माता जानकी देवी जोशी हुनुहुन्छ। २०४३ सालमा जन्मिएकी डा. जोशीले ग्रामीण पृष्ठभूमिबाट शिक्षाको माध्यमबाट प्रगतिको मार्ग तय गर्दै आज देशकै अग्रणी अनुसन्धानकर्तामा आफ्नो स्थान बनाउन सफल हुनु भएको छ।

उहाँको यो सफलता केवल व्यक्तिगत उन्नतिको उदाहरण होइन, समाजका अन्य महिलाहरूका लागि प्रेरणाको स्रोत हो। सुदूरपश्चिममा विज्ञान अध्ययन र अनुसन्धानमा रुचि राख्ने युवाहरूका लागि यो उपलब्धि मार्गदर्शनको उज्यालो किरण बन्न पुगेको छ। विशेषतः महिला सहभागिता र समानताको पक्षमा यो सफलता ऐतिहासिक मानिन्छ।

शैक्षिक वृत्तमा उहाँको योगदान अत्यन्तै सराहनीय छ। शैक्षिक समुदाय, विद्यार्थी, सहकर्मी तथा सम्पूर्ण सुदूरपश्चिमवासीहरूबाट डा. रमा देवी जोशीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ।

उहाँको यो उपलब्धिले नेपाली महिलाहरूको वैज्ञानिक क्षेत्रमा बढ्दो उपस्थिति र सशक्तिकरणको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

डा. जोशीले स्नातकोत्तर तह सम्मको अध्ययन दक्षिण भारतको Sri Venkateswara University बाट गर्नु भएको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...