जोशीपुरमा युवा मैत्री स्थानीय शासन क्षमता सम्बन्धि तालिम सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिमा “राष्ट्रको संवाहक युवा´´ भने मुल नाराका साथ एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

गाउँपालिका को आर्थिक सहयोग र युवा सञ्जाल को सहजीकरणमा संचालन भएको कार्यक्रम युवा सञ्जालका अध्यक्ष सन्तोष बि क को अध्यतामा सुरु  भएको थियो । कार्यक्रममा  मुख्य प्रशिक्षकको भुमिका  अभिवक्ता नवराज खनाल लगायत शिक्षा तथा खेलकुद शाखा प्रमुख संग्राम धामि लगायतकाले प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थि रघुनाथ बहुमुखी क्याम्पसका बिद्यार्थी समाजवादी  बुद्धिजीवी लगायत को उपस्तिथि रहेकोे थियो ।

कार्यक्रममा बोल्दै युवा सञ्जालका अध्यक्ष सन्तोष बि क ले  युवा शाखाले आगामी दिनमा योजना बनाउदा युवा को सहभागिता  गराएर युवा मैत्री कार्यक्रमको आयोजना गरियोस् र युवा वर्गको सहभागिता बिना युवा वर्गको कार्यक्रम तय गर्दा युवामुखि कार्यक्रम पालिकाले अहिलेसम्म नगरेको गुनासो समेत गरे ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...