गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नै अघि बढिरहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सरकारको स्थायित्वबारे आत्मविश्वासपूर्वक अभिव्यक्ति दिएका हुन्।
“म मन्त्री बनेको १० महिना भइसक्यो,” गृहमन्त्री लेखकले भने, “यो धेरै समय होइन, किनभने अघिल्लो पटकहरूमा १०–१० महिनामै सरकार फेरिन्थ्यो। यसपालि फेरिँदैन, यस्ता तीन–चारवटा १० महिना अरू पनि जानेछन्।”
उनले हालको सरकार १० महिनामै नफेरिने विश्वास व्यक्त गर्दै, स्थायित्वका साथ सरकार अगाडि बढ्ने धारणा राखे।
संक्रमणकालीन न्यायका विषयमा उनले कानुनलाई पूर्णता दिइएको जानकारी पनि दिए। उनका अनुसार, नौ महिनाको अवधिमा सो प्रक्रियालाई निष्कर्षमा पुर्याइएको छ।
