कैलालीको नयाँ प्रहरी नेतृत्व : एसपी बाल नरसिंह राणाले सम्हाले कमाण्ड

कैलाली जिल्लामा प्रहरी नेतृत्वमा फेरबदल भएको छ। प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवासँगै, नव नियुक्त प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हाल्नुभएको छ।

हालै मात्र सरुवा भएर कैलाली आएका एसपी राणाले एक औपचारिक समारोहबीच पदभार ग्रहण गर्नुभएको हो। कार्यक्रममा निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकी, प्रवक्ता प्र.ना.उ. राजकुमार सिंह, सीनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी सदस्यहरूको उपस्थिति रहेको थियो। फूलमाला, खादा र आत्मीय सम्मानका साथ एसपी राणाको स्वागत गरिएको थियो।

कार्यक्रममा एसपी राणाले आफू जनतामैत्री, पारदर्शी र कडाइका साथ कार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “कैलाली सुदूरपश्चिमको राजधानी भएकाले यस जिल्लालाई हरेक हिसाबले नमूना बनाउन म उत्कृष्ट प्रयास गर्नेछु।हामी नागरिकका प्रहरी हौं भन्ने अनुभूति प्रत्येक जनतालाई हुने वातावरण बनाइनेछ।”

बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसन र जघन्य अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने उल्लेख गर्दै, उहाँले शान्ति सुरक्षाको सवालमा शून्य सहनशीलता अपनाइने र त्यसका लागि सबैको सहयोग अपेक्षित रहेको बताउनुभयो।

एसपी राणाको नेतृत्वमा कैलालीमा नयाँ ऊर्जा र विश्वाससहितको प्रहरी सेवा सञ्चालन हुने आशा गरिएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...