स्थानीय तहका कर्मचारीले ऐन ल्याउन माग गर्दै आन्दोलन गर्ने

स्थानीय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले कानुन निर्माणका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ।

वैशाख १७ गते प्रदेश कार्यसमितिले प्रदेश अन्तर्गतका सबै पालिका, जिल्ला, प्रदेश कार्य समिति तथा प्रदेश अन्तर्गतका स्थानीय सेवाका सबै कर्मचारीहरूका लागि पत्र जारी गर्दै वैशाख २१ देखी २६ गतेसम्मको सङ्घर्षका तालिका सार्वजनिक गरेको छ।

वैशाख २१ र २२ प्रदेशका प्रत्येक पालिकामा पालिका सङ्घर्ष समिति पुनर्गठन गर्ने, २३ र २४ गते आवश्यक परेमा जिल्लामा संर्घष समिति पुनर्गठन गर्ने र आन्दोलनका लागि निर्णय गर्ने जनाइएको छ। त्यस्तै वैशाख २६ गते दिउँसो धनगढीमा भेला भई प्रदेश सङ्घर्ष समिति आवश्यकता बमोजिम पुनर्गठन गरी आन्दोलनका कार्यक्रम घोषणा, ज्ञापन पत्र तथा प्रभावकारी सञ्चालन गर्ने बताइएको छ। 

स्थानीय तह कर्मचारी सञ्जाल प्रदेश कार्यसमिति धनगढीले जारी गरेको पत्रमा भनिएको छ, ‘स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवा, करार कर्मचारी, विभिन्न ट्रेड युनियनमा आबद्ध सबै कर्मचारीको ऐक्यबद्धता सहित स्थानीय सेवालाई दीर्घकालीन रूपमा सबल बनाउने दिशामा अग्रसर रहनुपर्दछ, तथा हाललाई प्रदेश सभामा दर्ता भएको स्थानीय सेवा विधेयकलाई जारी गराउन एवं सोही बमोजिम नियमावली निर्माणमा दबाब गर्नु मूल उद्देश्य रहेको ब्यहोरामा स्पष्ट हुन सबैमा अनुरोध गरिन्छ।’

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...