नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन्।

पेट दुख्ने लगायत समस्या भएपछि उनलाई बिहीबार बिहान काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका स्वकीय भक्त चलाउनेले जानकारी दिए।

अध्यक्ष श्रेष्ठ बुधबार नै अस्पताल भर्ना भएकी थिइन्। तर बुधबार नै जनमतसँग पार्टी एकता तय गरिएकाले उनले बिहान ११ बजेतिर डिस्चार्ज लिएकी थिइन्। उनलाई बुधबार साँझ नै फलोअपका लागि आउन भनिएको थियो।

पेट दुख्ने समस्या भएपछि बिहीबार पुनः भर्ना गरिएको चलाउनले बताए। अहिले उनको अवस्था सुधारोन्मुख छ। चिकित्सले श्रेष्ठको सानो आन्द्रामा समस्या देखिएको बताएको चलाउनेले जानकारी दिए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...