

कैलालीको जोशीपुर गाउँपालिकामा आधारभूत तह कक्षा ८ को सामुदायिक बिधालयहरु को नतिजामा वडा नम्बर ७ घैला गाउँमा रहेको वि पि स्मृतिकि छात्रा पायल जोशी ४.०० GPA ल्याएर गाउँपालिका उत्कृष्ट भएकी छन् ।
उनि कक्षा ३ देखि सोही बिधालयमा अध्यनरत बिद्यार्थी हुन । बिधालयका प्राध्यापकका अनुसार सानैदेखि मिहिनेती बिद्यार्थी रहेकोे र बिधालयको अथक प्रयासले झन उनि पालिका प्रथम भएको बताए ।
२०८० सालको आधारभुत कक्षा ८ को परिक्षामा समेत सोहि बिधालय पालिका प्रथम भएको थियो । निरन्तर शिक्षा क्षेत्रमा दिनप्रतिदिन गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उत्कृष्ट नतिजा ल्याउने बिधालयलाई पालिकाले अहिलेसम्म संमान भने गर्न सकेको छैन ।