कैलालीका एक पूर्व वडाध्यक्षको मृत्यु, नोटमा लेखे,‘दाइ राजनीतिमा नआउनु’

धनगढीस् कैलालीको घोडाघोडी नगरपालिका–९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–९को सिमली खोला नजिकै बिहिवार दिउँसो करिब १ बजे गम्भीर अवस्थामा फेला परेका उनको मृत्यु भएको हो।
सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरी सँगै रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। घरबाट करिब ९ः३० बजे निस्किएका शाहले केही व्यक्तिलाई ‘अब यो संसारमा म रहन्न’ भनेका थिए। ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो।
‘सूचना पाएलगत्तै हामी त्यहाँ लाग्यौँ,’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले भने, ‘उहाँलाई गम्भीर अवस्थामा हामीले भेट्यौ र तत्काल उद्दार गरेर अस्पताल ल्यायौँ।’
प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। पोष्ट मार्टमको लागि अहिले शव सेती प्रादेशिक अस्पताल ल्याइएको छ। प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ।
सुसाइड नोटमा उनले परिवारका सदस्यहरूलाई सम्बोधन गरेर आफ्ना भावनाहरू पोखेका छन्। त्यस्तै राजनीतिप्रति नैराश्य जगाउने सन्देश पनि दिएको प्रहरीले बताएको छ। ‘म आजको मितिबाट यो संसारमा रहन्नँ। सबैको बोझ भएँ। यो बोझमा रहन चाहन्न। सत्य सत्य रामराम। सबै मिलेर बस्नु। झैझगडा नगर्नू’, सुसाइट नोटमा लेखिएको छ। सुसाइड नोटमा आफ्नो दाजुलाई सम्बोधन गर्दै राजनीतिमा नआउन पनि आग्रह गरेका छन्। ‘दाइ तपाई राजनीतिमा नआउनु। यो लाइन ठिक छैन। आफ्नै व्यापार गरस् खानु’ सुसाइट नोटमा भेटिएको छ।
सुसाइड नोटमा हस्ताक्षर र मिति पनि उल्लेख भएको पाइएको प्रहरीले जनाएको छ। ‘परिवारका सदस्यहरूले पनि सुसाइड नोटमाथि केही प्रश्न गर्नु भएको छ। हामीले अनुसन्धानको लागि पनि यो फोरेन्सिक ल्याबमा पठाउँछौँ,’ प्रहरी निरीक्षक साउँदले भने, ‘प्रारम्भिक रुपमा विष सेवनबाटै उहाँको मृत्यु भएको देखिन्छ। हामी अनुसन्धानमै छौँ।’
२०७४ सालको स्थानीय चुनावमा नेकपा ९एमाले०बाट वडा नम्बर ९ मा विजयी भएका शाह अहिले नेकपा एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत थिए।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...