कुसान लामाले ट्रकमा बोकेको २५ करोड रुपैयाँ

आज बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो।

बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनी चालक भइ भरियाको रुपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर, उनी कसको भरिया हुन् भन्ने चाहिँ खुलेको छैन। प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।

यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका छन्। तर,उनले अहिले बरामद रकम कस्को हो भन्ने चाहिँ नखुलाएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका एसएसपी रमेश बस्नेतले पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको बताए। उनले भने,’ बरामद सामानसहित लामालाई राजश्व विभागमा पठाइएको छ। अवैध रकमको बारेमा थप अनुसन्धानपछि मात्र खुल्नेछ।’प्रहरीले उनको साथबाट उक्त रकम, एक थान मोबाइलसहित गाडी बरामद गरेको छ। प्रहरीका अनुसार उनी यसअघि राजश्व छली र सुन तस्करीमा पक्राउ परेका व्यक्ति हुन्। उनी पाँच वर्ष कैद भुक्तानी गरेर छुटेका थिए।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...