७ महिना भित्र ८८१ महिला २० वर्ष नपुग्दै सुत्केरी कैलालीमा

कैलालीमा ७ महिना भित्र नै ८८१ महिलाहरू २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।

जिल्लाको १३ वटा स्थानीय तहहरूका आठ सय ८१ महिलाले २० वर्ष नपुग्दै सुत्केरी भएका हुन।

धनगढी उपमहानगरपालिकामा मात्र तीन सय ४९ महिला २० वर्ष नहुँदै ७ महिनाको अवधिमा सुत्केरी भएका छन्। सेती प्रादेशिक अस्पतालमा मात्र तीन सय पाँच महिला २० वर्ष मुनीका ७ महिनाको अवधीमा सुत्केरी भएका छन। कैलालीको मोहन्याल गाउँपालिकामा ३५, चुरे गाउँपालिकामा २९, गोदावरी नगरपालिकामा ३२, गौरीगंगा र घोडाघोडी नगरपालिकामा ८३/८३, बर्दगोरिया गाउँपालिकामा २५, लमकीचुहा नगरपालिकामा १७, जानकी गाउँपालिकामा १५, जोशीपुर गायँपालिकामा २१, टीकापुर नगरपालिकामा ९५ र कैलारी गाउँपालिकामा ३८ महिलाहरू सात महिनाको अवधिमा २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।

स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्कले ३५ महिला घरमा सुत्केरी भएका देखाएको छ। धनगढीमा मात्र पाँच महिला घरमा सुत्केरी भएका छन। चुरे गाउँपालिकामा १४, मोहन्याल गाउँपालिकामा ६, गोदावरी नगरपालिकामा २, गौरीगंगा र घोडाघोडी नगरपालिकामा तीन/तीन र लम्कीचुहा नगरपालिकामा २ महिला घरमा सुत्केरी भएका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...