भजनी नगरपालिका,MPDS र  टास्कफोर्सको साझेदारीमा जैबिक तटबन्ध

यज्ञराज जोशी

भजनी नगरपालिकाको समन्वय र Kerk in actie  को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत भजनी नगरपालिका वडा नं ३ धुँसी काँडा नदीमा जैबिक तटबन्ध तथा सामुदायिक बृक्षारोपण गरिएको हो ।

बर्षेनी बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिन बाढी तथा डुबान हुने भएकोले बिपद जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा बिपद टास्कफोर्सको अगुवाइमा २९ मिटर जैबिक तटबन्ध र सामुदायिक बृक्षारोपण गरिएको हो । उक्त जैबिक तटबन्ध तथा बृक्षारोपण  भजनी नगरपालिकाको कार्यालयबाट १ लाख,Kerk in Actie,बहुउद्देश्यीय बिकास समाज डडेल्धुरा परियोजनाबाट १ लाख सहयोग सहकार्य र बिपद् टास्कफोर्सको  श्रमदानमा निर्माण सम्पन्न भएको थियोे ।

जैबिक तटबन्ध तथा सामुदायिक बृक्षारोपणको  स्थानीय सरकारले अनुगमन समेत गरेको हो

अनुगमनको क्रममा भजनी नगरपालिकाका उप प्रमुख राजु तिरुवा ले MPDS ले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैबिक तटबन्ध र बृक्षारोपण कार्यमा सहकार्य गरेकोमा प्रशंसा सहित धन्यवाद ज्ञापन गरिन ।
उनले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट अाफूहरुले सहयोग गरेको र आगामी  दिनमा पनि सहयोग र सहकार्य गर्न तत्पर रहने बताईन ।

बिपद टास्कफोर्सका अध्यक्ष रामभरोसे डगौँरा ले जैबिक तटबन्ध र सामुदायिक बृक्षारोपणले काँडा नदीले गर्ने  निरन्तरको माटो कटानीलाई रोक्ने र बस्ती डुबान हुनबाट बच्ने बिश्वास ब्यक्त गरे  ।

अनुगमनमा भजनी नगरपालिका वडा नं ३ का अध्यक्ष बिक्रम चौधरी,वडा सदस्य शत्रुधन चौधरी,हैरानी देबी डगौरा,परियोजनाका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका,सामाजिक परिचालक बिष्णु जैशी लगायतकाको सहभागीता रहेको थियोे

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...