
कैलालीको भजनी नगरपालिका वडा नं.५ को कार्यालय लालबोझीले वडा को आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बजेट बाट पचास हजार बराबरको फर्निचर सामाग्री जस्मा ४ थान टेवल र १५ थान काठे कुर्सी एक कार्यक्रम विच वडा अध्यक्ष केशव बहादुर बुढा र मेयर केवल चौधरीले भजनीमा रहेकोे जनता सामुदायिक पुस्तकालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष केशव बुढाले जानकारी दिए ।
भजनी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष केशव बहादुर बुढाको सभाध्यक्ष र भजनी नगरपालिका मेयर केवल चौधरीको प्रमुख आतिथ्यतामा फर्निचर हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य,पुस्तकालय समिति पदाधिकारी, सन्चार्कर्मी लगायतको सहभागीमा उक्त फर्निचर सामाग्री हस्तान्तरण गरिएको थियो ।