वडा द्वारा सामुदायिक बिधालयका  बिद्यार्थीलाई पोशाक तथा झोला वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ द्वारा वडा भित्र रहेका सामुदायिक बिधालयका बालविकास देखि कक्षा ४ सम्मका बालबालिकालाई पोशाक तथा झोला  वितरण गरिएको छ ।

वडा भित्र कृष्ण आ.वि सिमराना र जनता मा वि मैनपोखरी गरेर सामुदायिक बिधालय २ वटा रहेका छन्
दुवै सामुदायिक बिधालयका बिद्यार्थीहरु लाई पोशाक तथा झोला वितरण कार्यक्रम अन्तर्गत २३७ बालबालिकालाई पोशाक तथा कक्षा १ र २ गरि ७४ जना तथा कक्षा पहिलो ,दोस्रो तेस्रो हुने ४३ जना गरि जम्मा ११७ जना बालबालिकालाई झोला वितरण गरिएको वडा अध्यक्ष अनर कुमार चौधरीले बताए ।

वडाको आर्थिक बर्ष २०८१/०८२ बार्षिक स्वीकृत बजेट बाट उक्त कार्यक्रम गरिएको थियो । भने आज शुक्रबार जनता मा वी मैनपोखरीका बालबालिकालाई वितरण गरिएको र आइतबार कृष्ण आ वि का बालबालिकालाई वितरण गरिने वडा सचिवले जानकारी गराए

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...