वडा द्वारा सामुदायिक बिधालयका  बिद्यार्थीलाई पोशाक तथा झोला वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ द्वारा वडा भित्र रहेका सामुदायिक बिधालयका बालविकास देखि कक्षा ४ सम्मका बालबालिकालाई पोशाक तथा झोला  वितरण गरिएको छ ।

वडा भित्र कृष्ण आ.वि सिमराना र जनता मा वि मैनपोखरी गरेर सामुदायिक बिधालय २ वटा रहेका छन्
दुवै सामुदायिक बिधालयका बिद्यार्थीहरु लाई पोशाक तथा झोला वितरण कार्यक्रम अन्तर्गत २३७ बालबालिकालाई पोशाक तथा कक्षा १ र २ गरि ७४ जना तथा कक्षा पहिलो ,दोस्रो तेस्रो हुने ४३ जना गरि जम्मा ११७ जना बालबालिकालाई झोला वितरण गरिएको वडा अध्यक्ष अनर कुमार चौधरीले बताए ।

वडाको आर्थिक बर्ष २०८१/०८२ बार्षिक स्वीकृत बजेट बाट उक्त कार्यक्रम गरिएको थियो । भने आज शुक्रबार जनता मा वी मैनपोखरीका बालबालिकालाई वितरण गरिएको र आइतबार कृष्ण आ वि का बालबालिकालाई वितरण गरिने वडा सचिवले जानकारी गराए

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...