जोशी पाण्डवले आफ्नो जन्मदिनको अवसरमा यस्तो घोषणा गरे

कैलालीको भजनीमा रहेकोे महुन्याल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष, पतञ्जली योग समिति भजनीका अध्यक्ष,  तथा नेपाली कांग्रेस कैलालीका लेखा संयोजक एवम् पाण्डव जनरल स्टोर भजनीका प्रोप्राइटर टंकप्रसाद जोशी पाण्डवले आफ्नो  ४९ औँ जन्मदिनको अवसरमा आज देखि ५० औं जन्मदिन भित्र आफुले  भजनी नगरपालिका भित्र रहेकोे  विभिन्न सार्वजनिक स्थानमा ४९ वटा ट्रिगार्ड सहितको बिरुवा रोपेर जन्मदिन मनाउने योजना बनाउनुभएको छ। यो कार्यक्रम महुन्याल बहुमुखी क्याम्पस भजनीबाट आज ४९ औं जन्मदिनको अवसर पारेर सुरुवात गरि सक्नु भएको र अब बाकी बर्ष भर निरन्तर गरिरहने घोषणा गरेका हुन।  साथै उनले इच्छुक साथीहरूले सौजन्यता पनि प्रदान गर्न  सक्नेछन् बताए ।

उहाँले स्वर्गीय पिताको स्मृतिमा १२ वर्षदेखि भजनी बजारमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ।
आफूले समेत ४९ बर्ष पुग्दा सम्म ५९ पटक रक्तदान गरिसक्नुभएको जानकारी गराए

आफ्नो ४५ औँ जन्मोत्सवमा वर्षभरिमा ४५ वटा सामाजिक कार्य गरेर जन्मदिन मनाउनुभएको थियो।
महुन्याल बहुमुखी क्याम्पस हाताभित्र आफ्नो पिताको स्मृतिमा करिब ७ लाख ५० हजारको लागतमा सरस्वती माताको मन्दिर समेत निर्माण गर्नुभएको छ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...