सामुदायिक वनका अध्यक्ष चौधरीको प्रतिबद्धता  एम्बुलेन्स ल्याएर देखाउ छु  

कैलालीको भजनी नगरपालिका वडा नम्बर २ कटानपुर मा रहेकोे वन देवि सामुदायिक वनका अध्यक्ष बाबुराम चौधरीले आफुलाइ यस् सामुदायिक वनका उपभोक्ता हरुले  एक कार्यकाल अझै काम गर्ने अवसर दिए आफुले सामुदायिक वनको आम्दानी बाट एम्बुलेन्स ल्याएर देखाउने पुष १४ गते १६ औं साधारणसभाको दिन आम उपभोक्ता को बीचमा प्रतिबद्धता गर्नु भएको हो ।
आफू अध्यक्ष भएपछि सामुदायिक वनको आम्दानी बाट एक ट्याक्टर ल्याइसकेको र अब एम्बुलेन्स ल्याउने तिर लागेको बताए । मैले यस् सामुदायिक वनको जिम्मेवारी लिएदेखी अहिलेसम्म वनको र उपभोक्ताको हितको निमित्त काम गरिरहेको समेत उनले बताए ।
यस् आर्थिक बर्ष मात्रै महिला दिदिबहिनी हरुलाइ सामुदायिक वनको तर्फबाट निशुल्क सिलाइ कटाइ तामिल दिएको साथै गरिब जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति , जनावर लाई पानी पिउन सहज होस् भनी बिधुतिय मोटर जडान लगायत थुप्रै काम गरेको जानकारी गराए ।
oplus_2097152

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...