
आफू अध्यक्ष भएपछि सामुदायिक वनको आम्दानी बाट एक ट्याक्टर ल्याइसकेको र अब एम्बुलेन्स ल्याउने तिर लागेको बताए । मैले यस् सामुदायिक वनको जिम्मेवारी लिएदेखी अहिलेसम्म वनको र उपभोक्ताको हितको निमित्त काम गरिरहेको समेत उनले बताए ।
यस् आर्थिक बर्ष मात्रै महिला दिदिबहिनी हरुलाइ सामुदायिक वनको तर्फबाट निशुल्क सिलाइ कटाइ तामिल दिएको साथै गरिब जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति , जनावर लाई पानी पिउन सहज होस् भनी बिधुतिय मोटर जडान लगायत थुप्रै काम गरेको जानकारी गराए ।
