जोशीपुरमा किशोरीहरुलाइ ६ दिने आत्मरक्षा सम्बन्धि तालीम

कैलालीको जोशीपुर गाउँपालिकाले तपाईंको सुरक्षा ,,तपाईंको जिम्मेवारी,, भने मुल नाराका साथ महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरीलाई ६ दिने आत्मारक्षा तालिम सुरु गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया को सभा अध्यक्षतामा सुरु भएको कार्यक्रममा , वडा नम्बर १ अध्यक्ष रामचन्द्र चौधरी , ३ नम्बर वडाका अध्यक्ष रेणु कुमारी डगौरा , ७ नम्बर वडा अध्यक्ष बम बहादुर शाह , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना ,
प्रशिक्षकको रुपमा जोशीपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु डगौंरा, युवा संजाल का अध्यक्ष सन्तोष बि क लगायत ५ वटा बिधालयका बिद्यार्थी प्रशिक्षार्थी को रूपमा उपस्तिथि रहेका थिए

कार्यक्रममा ३ वटा सामुदायिक बिधालय का बिद्यार्थी र १ वटा संस्थागत बिधालयका बिद्यार्थी ,१ वटा गुठी बिधालयका बिद्यार्थीहरु को उपस्तिथि रहेको थियो जस् मध्य महुन्याल मा वि जोशीपुर १ , केदारनाथ मा वि जोशीपुर १ ,सरस्वती मा वि जोशीपुर ३, राष्ट्रिय मा वि जोशीपुर १ ,हेवन गार्डेन जोशीपुर १ का बिद्यार्थीहरु को उपस्तिथि रहेकोे थियो । एक बिधालय बाट ६ जना बिद्यार्थी को उपस्तिथि रहेको थियो

कार्यक्रममा बोल्दै ३ नम्बर वडा अध्यक्ष रेणु कुमारी चौधरीले महिलाहरुले अहिलेको युगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने हुनुपर्छ । यस् तालीम बाट झन् बलियो भएर तपाईं हरु निस्किनु हुन्छ भने हामीले बिश्वास लिएको बताए




त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले सकेसम्म तपाईहरुले आफ्नो सुरक्षा आफै गर्न सक्नुपर्ने हुन्छ । यस्ता गतिविधि नहुन भनका लागि तपाईहरुले आफ्नो सुरक्षा कसरी गर्ने लगायत आज प्रशिक्षक ज्यु हरुले तपाईहरु लाई सिकाउनु हुनेछ र आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनले जनाए । तालिममा सहभागी किशोरीले आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई प्रशिक्षण दिन हुन समेत आग्रह गर्नु भएको थियो  ।
त्यस्तै कार्यक्रमका सभा अध्यक्ष गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरियाले महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाउने उपाध्यक्ष कठरिलाले बताउनुभयो । उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ । ‘

कार्यक्रम संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना मिश्रले गर्नु भएको थियो ।
oplus_2097152

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...