BYC युवा क्लब द्वारा बृहत फुटबल प्रतियोगिता उद्घाटन

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको BYC युवा क्लब घैला बौनियाँ द्वारा आयोजना गरिएको बृहत खुल्ला फुटबल प्रतियोगिता आज देखी सुरु भएको छ ।
संस्थाका अध्यक्ष बुद्ध राम कुमालको सभा अध्यक्षमा सन्चालन भएको कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया रहनु भएको थियो भने विशिष्ट अतिथि जोशीपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बम बहादुर शाह रहनु भएको थियो अतिथि वडा नम्बर ७ का वडा सदस्य तेज प्रकास हमाल  सदस्य हिरा महतौं , नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश पाठक , रघुनाथ आदर्श मा वि अध्यक्ष पदम बोहरा , रघुनाथ आदर्श मा वि का प्राध्यापक बसन्त महतौं , पथैया सिचाइ  प्राणाली जल उपभोक्ता समुहका उपाध्यक्ष ओम बिनाडी, रास्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि भिम बिनाडि लगायत रघुनाथ आदर्श मा वि का शिक्षक , विभिन्न दलका प्रतिनिधि समाजसेवी बुद्धिजीवी लगायत को कार्यक्रममा उपस्थिति रहेको थियो
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले आज ३ बर्ष पछि byc युवा क्लब ले फुटबल प्रतियोगिता राखेको छ यो अतिनै राम्रो हो र यस्तो प्रतियोगिता कार्यक्रम गरिरहनु पर्छ आज यस्ता किसिमका खेलकुद नभैरहदा युवाहरू लागु औषध मा फस्ने लगायतका बिकृती मा फस्ने गरेका छन् र आगामी दिनमा यस युवा क्लबले यस्ता कार्य गरिरहने छ भने बिश्वास पनि लिएको बताए । क्लबले यो फुटबल प्रतियोगिता राख्नु भन्दा पहिला पालिका लाई जानकारी गराएको भय हामीले डोजर पठाएर खेलमैदान अझै राम्रो बनाइदिने थियौ हामीलाई जानकारी गराउनु भयन आगामी दिनमा चाहिँ यो खेल गर्नु भन्दा पहिला नै हामीलाई जानकारी गराउनहुन समेत आग्रह गर्नुभयो ।
oplus_2097152

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष बम बहादुर शाहले क्लबले यस्ता क्रियाकलाप गर्दै जावस हामी सधै सहयोग गर्ने छौँ भने प्रतिबद्धता समेत गरेका थिए

कार्यक्रम संचालन शिक्षक हेमराज चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका पुर्व अध्यक्ष हिकमत कुवरले राख्नु भएको थियो ।

आजको पहिलो खेल प्रकाश ट्रेडर्स बौनिया र खरग्वार बीच भएको थियो जस् मध्य प्रकाश ट्रेडर्स टिमका खेलाडीले १ का विरुद्ध ३ गोल प्रहार गरी बिजय हाँसिल गरेका हुन।

जम्मा १६ ओटा टीम दर्ता भएको र पहिलाे चरणको खेल पौष १७ गते सम्म हुनेछ भने प्रतियगिताको फाईनल खेल भने २० गते हुनेछ । प्रथम स्थान हासिल गर्ने टिमले नगद ३० हजार र ट्राफि/प्रमाणपत्र त्यस्तै द्वितीय हुनेले १५ हजार नगद सहित ट्राफि/प्रमाणपत्रका पाउने

 खेल संयोजक मिलन हमालले जानाकारी दिए।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...