मोहन्याल माओवादी केन्द्र को अध्यक्षमा सर्वसम्मत हिम शिखर

नेकपा माओवादी केन्द्र मोहन्याल गाउँ कमिटीको तेस्रो ऐतिहासिक सम्मेलनबाट देवी दत्त उपाध्याय ‘हिम शिखर’ अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । सम्मेलन वडा नम्बर ३ फली बिसौनमा सम्पन्न भएको थियो।
सम्मेलनले हिम शिखरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। उपाध्यक्षमा भीम बहादुर बिक, सुरेन्द्र जैसी र विशाल पहराइ चयन भएका छन्। सचिवमा जङ्ग बगाले मगर, सहसचिवमा बाबुराम रोका मगर र कोषाध्यक्षमा बमकुमारी घर्ती निर्विरोध चयन हुनु भएको हो ।

पार्टीका एक नेताका अनुसार ४५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत रूपमा चयन गरिएको छ। सम्मेलनमा सहभागीहरूले मोहन्यालको विकास र संगठनको सुदृढीकरणका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनले संगठनलाई अझ मजबुत बनाउँदै जनताका समस्यामा जोड दिने प्रतिबद्धता जनाएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...