एमाले डोटिको उप सचिव मा बम को बलियो दाबी

नेकपा एमाले डोटी को को नवौं अधिवेशन दिपायल मा चलिरहेको छ ।
हिजो मङ्सिर २८ गते पार्टीका केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गरेको कार्यक्रममा आज सम्म कुनै किसिमको निष्कर्ष भने निस्किन सकेको छैन। विभिन्न ब्याक्तिहरु ले उमेदवारी घोषणा गरिरहेका छन युवा माझ लोकपि्रयता बटुल्न सफल भएका युवा नेता बम बहादुर बम ले समेत उप सचिव पदमा उमेदवारि रहेकोे बताएका छन ।
पाटिमा बिधार्थि संगठन देखी लागिपरेका बम बहादुर बम भातृ संगठन का विभिन्न जिम्मेवारी सम्हालि सकेका छन् । युवा पुस्ताले बम निकै रूचाएका व्यक्ति समेत हुन । यश अघि अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य ,अनेरास्ववियु केन्द्रीय सदस्य ,अनेरास्ववियु डोटि क्याम्पस किमिटि र जिल्ला कमिटि सदस्य हुँदै जिल्ला कमिटि सचिव युवासंघ जिल्ला उपाध्यक्ष पार्टिको साबिक कानाचौर संगठन कमिटी अध्यक्ष हुदै पार्टी जिल्ला कमिटि सदस्य हुँदै अहिले सचिवालय सदस्य रहेका बम पार्टीको १० अौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि पनि हुन ।अहिले नेतृत्व तहमा युवा आउनु पर्ने माग बढिरहेको बेला आफ्नु उमेदवारी स्वाभाविक रहेको बमको भनाइ छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...