जोेशीपुरमा खाद्य काँटा सञ्चालन धान खरिदका लागि

सुधराम दहित

कैलालीको धनगढी, टीकापुर, सत्ति, भजनी बौनिया लगायतका ठाउँहरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेशिक कार्यालय धनगढीले जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित मनिकापुरमा आज आईतबार देखि कृषकका धान खरिदका लागि खाद्य काँटा सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवी कठरिया, प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगाना, प्रशासकिय अधिकृत मिन राज कठरिया, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेशिक कार्यालय धनगढीबाट टिकापुरमा खटाइएका वरिष्ठ सहायक पदमराज बजगाई लगायत कृषकहरुको उपस्थितमा पहिलो कृषक पदम बहादुर रानालाई फूलमाला लगाई खाद्य काँटा समुदघाटन भएका हो । नेपाल सरकारले तोकेको धानको समर्थन मूल्य अनुसार नेपाल सरकारको नितिको मातहतमा रहेर जोशीपुरमा कृषकहरुको धान प्रति ३४ सय १० रुपैया ५१ पैसामा खरिद गर्ने गरि खाद्य सञ्चालन भएको छ ।

सरकारी काँटा जोशीपुरका लागि धेरै ढिलो भयो । ९१ प्रतिशत कृषक रहेको यस क्षेत्रमा धान उत्पादन बढि नै हुने गर्दछ । दशैं दिपावलीको विचमा सरकारी मूल्य सहितको खाद्य काँटा सञ्चालन गर्नुपर्ने हो भन्ने कृषक तेतराम चौधरीले बताउनु भयो । त्यसै गरि धान बेच्न आउनु भएका पहिलो कृषक पदम बहादुर रानाले आधा धान बजारमा बेचिसकेको र बाँकी रहेको धान आज बेच्न ल्याएको बताए। उनले भेन “यहाँका ६० प्रतिशत कृषकहरुले बजारमा धान बेचिसकेका छन् । खाद्य सञ्चालनमा ढिलो भयो । सरकारले अर्को वर्ष चाँडै काँटा सञ्चालन गर्नु पर्छ ।”

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...