डोटीको बडीकेदार धाममा कार्तिक २७ देखीे तीन दिन भब्य मेला लाग्ने

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा कार्तिक २७ देखीे तीन दिन भब्य मेला लाग्ने भएको छ। डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको सङ्गम स्थलको रूपमा रहेको बडीकेदार धाममा यही कात्तिक २७, २८ र २९ गते मेला लाग्ने भएको हो । कात्तिक २७ र २८ मेला लाग्नुका साथै २९ गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिकका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडिले बताएका छन्।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदारधामको दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन्। बडिकेदार धाममा तीन चार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन्। समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य
सहभागिता रहने गर्दछ । किंवदन्तीअनुसार परापूर्व कालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन ।

त्यही बेलाबाट कार्तिक चतुर्दशीका बेला बडीकेदार धाममा पूजाआजा हुने गरेको स्थानीय बताउँछन्। बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडा सम्म सवारी साधन मार्फत पुग्न सकिन्छ । पार्किङ स्थलबाट करिब सवा १ घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...