मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी गाउँपालिका कर्मचारीलाई

कैलालीको जोशिपुर१ बडहरिया खेल मैदानमा संचालित   मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी जोशिपुरगाउँपालिका कर्मचारी टीमले उचालेको छ । बिहिवार भएको  खेलमा   पत्रकार टीमलाई १-० गोलले पराजित गर्दै प्रतियोगिताको उपाधी उचालेको हो ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रियका खेलकुद  लागि” भन्ने मूल नाराका साथ मलवारा डल्फिन मिडिया मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको बिहिबार फाइनल खेलमा निर्धारित समयमा१-० गोलले पराजित गर्दै प्रतियोगिताको उपाधी उचालेको हो

पहिलो चरणको खेलमा जोशिपुर  बजारका व्यापारी टीमलाई ३-० ले पराजित गर्दै कर्मचारीको टिमले फाइनलमा पुगेको थियो ।
यस्तै  पहिलो चरणको खैलमा जनप्रतिनिधि  टीमलाई ४-० ले पराजित गर्दै आयोजक मलवारा डल्फिन मिडिया मञ्च  टीम फाइनलमा पुगेको थियो । 

प्रतियोगिताको बिजेता टीमले  खसी पाएको छ भने उप-बिजेता टीमले १० किलो बोइलर  पाउन सफल भएको छ ।
प्रतियोगिताको बिजेता उप-बिजेता दुबै टीमलाई पालिका अध्यक्ष चित्र बहादुर चौधरीले पुरस्कार वितरण गरेका छ्न ।

प्रतियोगितामा स्थानीय व्यापारी, कर्मचारी, जनप्रतिनिधि र पत्रकार  लगायत  ४वटा टीमहरुको सहभागिता रहेको थियो । मलवारा डल्फिन मिडिया मञ्चले पहिलो चोटि मैत्रीपूर्ण फुटबल खेल राखेको  हो।
oplus_262144
oplus_16
oplus_0

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...