राजनैतिक एंव सामाजिक आन्दोलनमा रैका को योगदान महत्त्वपूर्ण – पूर्ब मुख्यमन्त्री भट्ट

राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियोे ।
१९ अौ स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन हामी सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताउनु भयो । पूर्ब मुख्यमन्त्री भट्ट ले स्व रैका को बारेमा थप खोज अनुसन्धान हुनुपर्ने र उहाँको सपना हामी सबैले मिलेर साकार पार्नुपर्ने बताउदै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सुदूरपश्चिम सरकारका निबर्तमान राज्यमन्त्री टेक बहादुर रैका ले स्व चन्द्र वहादुर रैका शोषित पिडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताउनुभयो । उहाँले स्व.रैका ले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्नु हुदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मिना सोब ले चन्द्र बहादुर रैका दलित समुदायको ऐतिहासिक ब्यक्तित्व भएकाले उहाँलाई राज्यले मरोपरणान्त भए पनि उचित सम्मान दिनुपर्ने बताउदै श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा समाजबादीका नेता हर्क बहादुर पार्की,मानबअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी,मानवसेवा आश्रमका संयोजक आदर्श ढकाल,शिक्षक तेजसिह सोनी लगायतकाले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व.रैकाको अतुलनिय योगदान रहेको बताउदै भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
कार्यक्रममा नेकपा माओबादीका नेता तिलक बहादुर सिँह,माओबादीका प्रदेश क्रियाशिल दलित पत्रकार संघका केन्द्रीय सचिब धर्म बिक,अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश उपाध्यक्ष मुकेश रैका,दलितका लागि दलित अभियानका प्रदेश अध्यक्ष सुरत भूल,राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष हिक्मत भूल,समाजसेवी लक्ष्मण बिक लगायतको सहभागीता रहेको थियोे । चन्द्र-पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम बिक को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राजेन्द्र रैका ले गरेका थिए ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...