रविलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ।

प्रहरी स्रोतका अनुसार सिआइबीको टोली पक्राउ गर्न काठमाडौंको चमतिस्थित पार्टी कार्यालयमा पुगेको हो।

अहिले पक्राउ गर्न पुगेको टोलीसँगै सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ।

शुक्रबारमात्रै जिल्ला अदालत कास्कीबाट प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको छ। 

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।
 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...