कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको आज एक वर्ष पुरा भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन्। एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ।

गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन।

बन्धक बनाइएको भनिएका विपिनलाई हमासले न एक वर्षसम्म सार्वजनिक गरेको छ न त उद्धार नै हुन सकेको छ। विपिन सम्पर्कविहीन भएकै अवस्थामा एउटा दसैँ–तिहार गएर फेरि अर्को आउन थालेको छ। तर, जोशीको घरमा भने सन्नाटा जस्तै छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...