कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको आज एक वर्ष पुरा भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन्। एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ।

गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन।

बन्धक बनाइएको भनिएका विपिनलाई हमासले न एक वर्षसम्म सार्वजनिक गरेको छ न त उद्धार नै हुन सकेको छ। विपिन सम्पर्कविहीन भएकै अवस्थामा एउटा दसैँ–तिहार गएर फेरि अर्को आउन थालेको छ। तर, जोशीको घरमा भने सन्नाटा जस्तै छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...