
कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर १ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समुहको १७ औं बार्षिक साधारणसभा हिजो सप्पन्न भएको छ ।
संस्था का अध्यक्ष भिम चौधरीको सभा अध्यक्षमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहनु भएको थियो भने बिशिष्ट अतिथि सवडिभिजन वन कार्यालय भजनीका रेन्जर कपिल बास्तोला प्रतिनिधि प्रकाश बि.क अतिथि cfcc समन्वय समिति अध्यक्ष लगायत ,गाउँ भल्मन्सा समाजसेवी बुद्धिजिवि उपभोक्ता पत्रकार लगायत को कार्यक्रममा उपस्थिति रहेको थियो ।
संस्थाको बार्षिक प्रगति प्रतिवेदन संस्थाका सल्लाहकार हरि संकर चौधरीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक बर्ष २०८०/०८१ को आय व्याय संस्था कि कार्यालय सचीव सीता साउदले जय कुमारी डगौराले २५,२६,२०३.९० रुपैयाँ बराबरको प्रस्तुत गरेकी थिएन ।