सौर्य एयरलाइन्स दुर्घटनामा १७ नेपाली र एक यमनका नागरिकको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्।

मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ।

बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो

३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्‍याएको छ। उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका १८ जनाको पहिचान खुलेको छ। जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेका थिए।

जहाजका को-पाइलट एस कटुवालको मृत्यु भएको छ।

अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेडा यमनी नागरिक हुन्। प्रिजा खतिवडा पनि उक्त जहाजमा सवार थिइन्।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। पोस्टमर्टम गरेपछि शव परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी छ।

जहाज दुर्घटना स्थल निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत पुगेका थिए।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...