त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न आइपुग्यो भारतीय उद्धार टोली, ७ दिनसम्म खोज्ने

पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आइपुगेको छ।

नेपाल सरकारको अनुरोध बमोजिम भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स एनडिआरएफ का प्राविधिक टोली प्रविधिसहित चितवन आइपुगेको प्रमुख जिल्लाअधिकारी इन्द्रदेव यादवले जानकारी दिए।उनका अनुसार सोनार क्यामरा र चार जना गोताखोर सहित ११ जनाको टोली आइपुगेको हो। उनीहरू शनिबारदेखि सात दिन नेपालमा रहेर खोज तथा उद्धारमा खटिनेछन्।

नेपाल सरकारले थप अनुरोध गरेमा थप निर्णय भएमा सोही बमोजिम हुनेगरी हाललाई ७ दिनका लागि उहाँहरु आउनभएको छ। यादवले भने, ‘हामीले घटनास्थल र घटनाको बारेमा जानकारी गराएर घटनास्थलतर्फ पठाएका छौं। एक सातादेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन्। बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ।

३७ जना अझै बेपत्ता छन्। वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस गत शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...