सुदूरपश्चिममा कांग्रेस -एमालेले मागे मुख्यमन्त्रीको राजिनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन कांग्रेस र एमालेले माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै काग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।
केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिइएको छ ।
‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं’, कांग्रेसस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौं ।’
एमाले, माओवादी, र नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन् ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...