पूर्वमन्त्री आलेद्धारा उपचार सहयोग प्रदान

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीकी नेकपा (एकीकृत समाजवादी) की नेतृ शीता रायमाझीलाई आज उपचार सहयोग प्रदान गरेका छन् ।

छातीमा समस्या उत्पन्न भएर यही असार २१ गते काठमाडौँको बानेश्वरमा रहेको सिभिल अस्पतालमा नेतृ रायमाझीको इमेरजेन्सी शल्यक्रिया गरिएको थियो । आज पूर्वमन्त्री आले अस्पतालमै पुगेर उनको स्वास्थ्य
अवस्थाबारे जानकारी लिएका थिए ।

रायमाझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले २५ हजार उपचार सहयोग गर्नु भएको पूर्वमन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ । अप्रेसन पश्चात नेतृ रायमाझीको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।

डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री आलेले डोटी लगायत समग्र सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौँ आएका आर्थिक अवस्था कमजोर भएका जनतालाई सधै उपचार सहयोगदेखि अन्य सहयोग सम्म गर्दै आएका छन् ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...