पूर्वमन्त्री आलेद्धारा उपचार सहयोग प्रदान

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीकी नेकपा (एकीकृत समाजवादी) की नेतृ शीता रायमाझीलाई आज उपचार सहयोग प्रदान गरेका छन् ।

छातीमा समस्या उत्पन्न भएर यही असार २१ गते काठमाडौँको बानेश्वरमा रहेको सिभिल अस्पतालमा नेतृ रायमाझीको इमेरजेन्सी शल्यक्रिया गरिएको थियो । आज पूर्वमन्त्री आले अस्पतालमै पुगेर उनको स्वास्थ्य
अवस्थाबारे जानकारी लिएका थिए ।

रायमाझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले २५ हजार उपचार सहयोग गर्नु भएको पूर्वमन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ । अप्रेसन पश्चात नेतृ रायमाझीको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।

डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री आलेले डोटी लगायत समग्र सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौँ आएका आर्थिक अवस्था कमजोर भएका जनतालाई सधै उपचार सहयोगदेखि अन्य सहयोग सम्म गर्दै आएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...