डोटीको ठूली गाड नदीमा बाढीले गर्‍यो खतराको तह पार

अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो। साढे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो।

यस्तै डडेल्धुरामा महाकाली नदीले खतराको तह पार गरेको छ। बिहान ११ बजेसम्मको आँकडा अनुसार कञ्चनपुर र कैलाली लगायत जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...