डोटीको ठूली गाड नदीमा बाढीले गर्‍यो खतराको तह पार

अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो। साढे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो।

यस्तै डडेल्धुरामा महाकाली नदीले खतराको तह पार गरेको छ। बिहान ११ बजेसम्मको आँकडा अनुसार कञ्चनपुर र कैलाली लगायत जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...