श्रीमती जबरजस्ती करणी आरोपमा कञ्चनपुर घर भएका शाह पक्राउ

श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिव नगरका ३३ वर्षीय ओबजंग शाह पक्राउ परेका हुन्। शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए। शाहकी श्रीमतीले सुखडमा जबरजस्ती करणीमा उजुरी दर्ता गरेकी थिइन्। उनले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। शाहलाई नेपालगञ्जबाट सोमबार इलाका प्रहरी कार्यालय सुखडमा ल्याएर हिरासतमा राखिएको छ। मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...