आगामी वर्षका लागी जोशीपुर गाउँपालिकाको बजेट ५५ करोड

कैलालीको जोशीपुर गाउ“पालिकामा असार ९ गते देखि सुरु भएको जोशीपुर गाउ“सभा असार १० गते सोमबार सम्पन्न भएको छ । जोशीपुर गाउ“पालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा सुरु भएको दोस्रो दिनको १२ औं गाउ“सभा अधिवेशन बैठकमा जोशीपुर गाउ“पालिका उपाध्यक्ष रेखा देवी कठरियाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ३ लाख ११ हजार ५ रुपैया बराबरको बजेट बक्तव्य प्रस्तुत गर्नु भएको छ । संघिय वित्तीय समानिकरणबाट ११ करोड ६८ लाख, प्रदेश वित्तीय समानिकरणबाट १ करोड ७ लाख ४६ हजार, संघिय राजश्व बा“डफा“डबाट ९ करोड ६२ लाख, प्रदेश राजश्व बा“डफा“डबाट २६ लाख २३ हजार, संघिय सशर्त अनुदान (चालु)बाट १७ करोड २५ लाख १० हजार ५ सय, संघीय सशर्त अनुदान (पुजीगत)बाट ९ करोड ३६ लाख, प्रदेश सशर्त (चालु)बाट १२ लाख ८५ हजार, प्रदेश सशर्त (पुजीगत) १ करोड ३० लाख, संघिय सरकारको विशेष अनुदान १ करोड २० लाख, प्रदेश सरकारको विशेष अनुदान ४५ लाख, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय १ करोड ६९ लाख ४७ हजार, अल्या रकम अनुमानित १ लाख गरि जम्मा ५५ करोड ३ लाख ११ हजार ५ रुपैया बराबरको अनुमानित व्यय र स्रोत व्यवस्थापनको
खाका उपाध्यक्ष कठरियाले प्रस्तुत गर्नु भयो ।
कृषि तथा पशु सेवा क्षेत्रको विकासका लागि १ करोड ५२ लाख, कृषि आधुनिकीकरण परियोजना विस्तार कार्यक्रम संचालनका लागि ३९ लाख, कृषि तफै पारिवारीक खेती प्रवद्र्धन कार्यक्रमका लागि ८ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत नया“ (पकेट) विकास कार्यक्रमका लागि १२ लाख विनियोजित गरेको उनले बताए । कृषक क्षमता अभिवृद्धिका लागि व्यवहारिक र उद्यमशीलता केन्द्रित तालिम, कृषक भ्रमण, स्थलगत अवलोकन, पशु सेवा तर्फ प्रयोगशाला सेवा कार्यक्रम, बंगुर पालन तालिम तथा बाख्रा तालिम, सहरी क्ष्ँेत्रको लेखा व्यवस्थापन, क्षमता विकास र प्रवद्र्धनका लागि आवश्यक वजे विनियोजित गरेको पनि उपाध्यक्ष कठरियाले बताए

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...