स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको टिमले सुदूरपश्चिम विश्वविद्यालयका भिसी लगाएतका पदाधिकारी हरुलाई ज्ञापनपत्र बुझाएको छ। विश्वविद्यालयले विद्यार्थीको भविष्य माथि खेलवाड गर्नेगरी गरिएका लापरवाही विरुद्ध विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले बताएकाछन् । स्वतन्त्र विद्यार्थी युनियनले राखेका मागहरु निम्न अनुसारका छन्। १: स्नातक तह र स्नातकोत्तर तहको यसवर्षको विद्यार्थीको नतिजा प्रकाशन गर्दा पहिलो चरणमा फेल गरिएका तर पुनः जाँच को लागि निवेदन दिँदा स्नातकोत्तर तहमा ७ जना र स्नातक तहमा ४ जना पास भएको नतिजा प्रकाशित भयो। यस्तो गैरजिम्मेवार र विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने शिक्षकमाथि तत्काल कारवाहीको माग गर्दछौ।२: कक्षामा पढाउने शिक्षकहरु यसै विश्वविद्यालयका सरहरु,परीक्षाको पेपर निर्माण विश्वविद्यालय भित्रै गर्ने, विद्यार्थीले परीक्षा विश्वविद्यालय भित्रै दिने, पेपर चेक पनि विश्वविद्यालयकै सरहरुले गर्ने तर नतिजा शून्य आउने कारण के हो पत्ता लगाउनु पर्ने र परीक्षा दिएको बढीमा १ महिना भित्र परीक्षाफल प्रकाशित गर्ने ग्यारेन्टी दिनुपर्ने ।३: विश्वविद्यालय भित्रै कोर्ष निर्माण गर्ने तर कक्षा सुरु भएको महिनौ सम्म कोर्ष निर्माण गर्न नसक्नुको कारण के हो ? यसको छानबिन गरी यो समस्याको अन्त्य गर्नुपर्ने । कोर्ष निर्माण गरिसकेपछि सम्बन्धित विषयका प्राध्यापक हरुलाई पाठ्यपुस्तक निर्माणका निम्ति अग्रसरता गराउन किन सकिएन ? प्राध्यापकहरुले पाठ्यपुस्तक निर्माणको वातावरण निर्माण गर्नुपर्ने । ४: विश्वविद्यालय स्थापनाको लामो समय हुँदासमेत सेमेष्टर प्रणालीको महत्व अझै पढाउने सरहरुले समेत बुझ्न नसकेकाले सरहरुलालाई पनि शिक्षण तालिम प्रदान गर्नुपर्ने ।५: प्रश्न पत्रकै कारण धेरै विद्यार्थी फेल हुने जटिल समस्या देखिएकाले त्रिभुवन विश्वविद्यालयले समेत सुरुगरिसकेको अभ्यास प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गर्नुपर्ने ।६: विश्वविद्यालयमा कुनैपनि पदपूर्ति गर्दा दलीय भागबन्डा गर्ने चरम लापरवाही देखिएकाले यो असाध्यै लाजमर्दो प्रवृत्तिको अन्त्य गरी खुला प्रस्तिस्प्रधा बाट पदपूर्ति गरिनुपर्ने। ७: सिनेट बैठकमा विद्यार्थीको प्रतिनिधित्व सम्बन्धमा विश्वविद्यालय ऐनमा उल्लेख गरिए अनुसार विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने । । स्वतन्त्र विद्यार्थी युनियनलाई प्रशासनिक समितिका हरेक गतिविधिमा सहभागी गराउनका लागि सबै क्याम्पसलाई तकाल परिपत्र गर्नुपर्ने र नियमावलीमा उल्लेख गर्नुपर्ने। ८: विद्यार्थीहरुले आफ्नो शुल्क तिर्दा, परिक्षा फारम बुझाउदा र क्याम्पसमा अन्य प्रशासनिक कार्यहरु गर्दा अनलाईन माध्यम बाट पनि गर्न मिल्ने गरि व्यवस्था मिलाउनु पर्ने।पुनश्चः हामी हाम्रा मागहरु पुराभएन भने आन्दोलन गर्छौ ताला लगाउँछौ भनेर भन्दैनौ तर तपाईंहरू अझै गम्भीर हुनुभएन विद्यार्थीलाई हाम्रो विश्वविद्यालयप्रतिको भरोसा दिलाउन सक्नुभएन भने निकट भविष्यमा विश्वविद्यालयका खाली कोठ देखेर लाजले मुख छोप्दै जागीर छोडेर घरतिर लाग्नुपर्नेछ भन्नेकुरा स्मरण गराउन चाहन्छौ ।
