पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्। हिजो (सोमवार) मात्रै धनगढी आएका युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा गरेका हुन्।

पूर्व युवराज शाह आफ्ना केही समर्थकसहित बेहडाबाबा पुगेका थिए। स्थानीयले शाहको स्वागत गरेका थिए। उनी केही समय मन्दिर परिसरमा बसेका थिए। मन्दिरको दर्शन पश्चात उनले स्थानीयसँग फोटो खिचाएका थिए ।
शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए। उनी हिजो धनगढीको रुबस होटलमा बसेको र आज बेहडाबाबाको मन्दिर दर्शन गरेको बताइएको छ। उनि गोप्यरुपमा धनगढी आएको बताइएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...