पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्। हिजो (सोमवार) मात्रै धनगढी आएका युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा गरेका हुन्।

पूर्व युवराज शाह आफ्ना केही समर्थकसहित बेहडाबाबा पुगेका थिए। स्थानीयले शाहको स्वागत गरेका थिए। उनी केही समय मन्दिर परिसरमा बसेका थिए। मन्दिरको दर्शन पश्चात उनले स्थानीयसँग फोटो खिचाएका थिए ।
शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए। उनी हिजो धनगढीको रुबस होटलमा बसेको र आज बेहडाबाबाको मन्दिर दर्शन गरेको बताइएको छ। उनि गोप्यरुपमा धनगढी आएको बताइएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...