सरकारमा जाने दल निश्चित भएपछि मात्रै सिट बाँडफाँटको टुंगो लगाउने

सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउने भएको छ।

यस अघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले भागबन्डामा प्रवेश नै नभएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए।

सिट बाँडफाँटका विषयमा टुंगो लगाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो। साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको थियो।

साना दलहरूको निर्णय आएपछि कार्यदलको बैठक बस्ने श्रेष्ठले बताए। कार्यदलको बैठक धेरैबेर बसेन। सरकारमा आउन अन्य दलहरू पनि सकारात्मक छ्न्। उहाँहरूको निर्णय कुरेर बसेका छौँ। त्यसपछि मात्र बैठकको टुंगो लाग्छ’, श्रेष्ठले भने।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...