मलवारा पोलिक्लिनिक प्रा.लि.जोशीपुर द्वारा निशुल्क स्वास्थ्य परिक्षण

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ स्थित पिपरकोटीको वि.पि. आधाभुत विद्यालयमा शनिवारको दिन संचालन भएको एक दिन निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ५ सय १२ जनाले सेवा लिएका छन् । मलवारा पोलिक्लिनिक प्रा.लि. जोशीपुरको आयोजना तथा बाँणी कुलो जल उपभोक्ता संस्था लि.का अध्यक्ष एवं समाजसेवी वुद्धिजिवी विधिराम चौधरीको व्यवस्थापनमा संचालन भएको शिविरमा अल्ट्रासाउण्ड १ सय ९३ जना, स्त्री रोग ८९ जना, किड्नी स्टोन तर्फ ७१ जना, अर्थो हाडजोर्नी तर्फ १ सय ३२ जना, ब्लडप्रेशर र सुगर चेकजाँच तर्फ २३ जना, टि.वी र प्यारेलाईसिस् तर्फ ४ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा डा. सुजन राईको टोलीले निशुल्क चेकजाँच गरेको थियो ।

गरिव, विपन्न तथा अतिविपन्न वर्गका विरामीहरुलाई आफ्नै गाउँठाउँमा उनिहरुको स्वास्थ्य परिक्षण गराई रोगको पहिचान गरि उपचारमा समेत सहज बनाउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको व्यवस्थापक विधिराम चौधरीले बताउनु भयो । अव आउने दिनहरुमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले निशुल्क शिक्षा तथा स्वास्थ्यको निति ल्याउने आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

त्यसै गरि मलवारा पोलिक्लिनिक प्रा.लि.जोशीपुरको संचालक एवं स्वास्थ्यकर्मी विरेन्द्र डंगौराले यस क्षेत्रको जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गरिव, विपन्न, मुक्त कमैयाहरु आर्थिक अवस्था कमजोर भएका कारणले आफ्नो स्वास्थ्य चेकजाँच गर्न टाढा जान नसक्नेहरुका लागि स्थानिय स्तरमै निशल्क रुपमा स्वास्थ्य शिविर मार्फत सेवा दिईरहेको बताए । यस भन्दा पहिले पनि वरपरका अन्य स्थानिय तहमा समेत निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको उनले बताए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...