बिहानी ग्रामीण बिधुत सहकारी संस्था को १५ वार्षिक साधारण सभा सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा वडा नं ७ बौनिया मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्था लिमिटेड को १५ औं वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्था का अध्यक्ष टेक बाहादुर बम को सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी र विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष बम बहादुर शाह रहनु भएको थियो।

, पत्रकार, उपभोक्ता लगायत स्थानीयहरूको साधारण सभामा सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७९/२०८० को २४,लाख २१ हजार ९ सय २२ रुपैयाँ ९२ पैसा बराबरको आय व्यय विवरण वार्षिक साधारण सभामा संस्था का अध्यक्ष टेक बाहादुर बमले प्रस्तुत गरेका थिए । संस्था का सचिव मदनलाल कुश्मी को स्वागत मन्तव्य संगै शुरु भएको थियो ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...